सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका ३ स्थित नवीन कुमार सिंहको घरबाट करिब २२ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । आइतबार दिउँसो भएको उक्त चोरीमा सुन तथा चाँदीका गरगहना र नगद रकम समेत समावेश रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चोरीमा संलग्न व्यक्ति हाल फरार रहेका छन् । घटनापछि इलाका प्रहरी कार्यालय मलंगवाको टोलीले खोजतलास सुरू गरेको छ भने आवश्यक अनुसन्धान जारी रहेको जनाएको छ ।
पीडित परिवारले घटना भएको समयमा घरमा कोही नभएको जानकारी दिए । प्रहरीले घर वरिपरिका सीसीटीभी फुटेज संकलन गरी अनुसन्धानलाई अगाडि बढाइरहेको जनाएको छ ।




