रौतहट । रौतहटको माधव नारायण नगरपालिका ६ माधोपुरमा आइतबार दिउँसो भएको आगलागीमा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय तेजु पण्डित कुमहारको घरमा विद्युत सर्ट भई अचानक आगलागी भएको थियो ।
आगलागीका कारण घरसहित भित्र रहेको सर सामान, लत्ता कपडा, नगद तथा अन्य सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको हो । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




