बारा । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित सडकमा माईक्रोबसको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ । बा प्र ०६–००१ ज ०१८६ नम्बरको माईक्रोले ठक्कर दिँदा सोही ठाउँ बस्ने भारत, उत्तर प्रदेश गोरखपुरका ५० वर्षीय जंग बहादुर यादवको सोमबार राति मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका यादवलाई तत्काल सिमरास्थित सरकारी अस्पतालमा पुर्याइयो । त्यहाँबाट थप उपचारका लागि नारायणी अस्पताल, वीरगञ्ज लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।
माईक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ । घटना बारे विस्तृत विवरण संकलन भइरहेको छ । प्रहरीले सडक सुरक्षाको विषयमा समेत थप सचेतना अपनाउनु पर्ने आवश्यकता रहेको जनाएको छ ।




