रौतहट । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका २ शीतलपुरमा विद्युत सर्टका कारण आगलागी भएको छ । स्थानिय राजेन्द्र साहको घरमा मंगलबार दिउँसो अचानक आगलागी हुँदा घरसहित भित्र रहेका अन्नपात, लत्ताकपडा र साइकल पूर्णरूपमा जलेर नष्ट भएका छन् ।
प्रहरीका अनुसार आगलागीबाट करिब १ लाख ४५ हजार रुपैयाँ बराबरको धनमालको क्षति भएको अनुमान गरिएको छ । स्थानीयबासी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । सौभाग्यवश, मानवीय क्षति भने नभएको जनाइएको छ । प्रहरीले आगलागीको थप अनुसन्धान गरिरहेको छ ।




