धनुषा । धनुषा जिल्लाको औरही गाउँपालिका ६ पोखरभिन्डामा मामा घर आएकी एक ३ वर्षीया बालिकाको पोखरीमा डुबेर ज्यान गएको छ । धनुषाधाम नगरपालिका २ जुगेश्वरपुर निवासी उमेश कुमार मण्डलकी छोरी खुशी मण्डल मंगलबार दिउँसो मामा घर नजिकै रहेको सार्वजनिक पोखरीमा डुबेकी थिइन् ।
परिवारका सदस्यहरूले खोजी गर्ने क्रममा उनलाई पोखरीमै फेला पारिएको थियो । घटनापछि स्थानीयको सहयोगमा निकालेर स्वास्थ्य संस्थामा लैजाँदै गर्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । प्रहरीले घटना सम्बन्धमा आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।




