सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका ५ बक्दुवास्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । छप्कीबाट महुलीतर्फ जाँदै गरेको प्र २–०१–००२ प २३०५ नम्बरको मोटरसाइकल मंगलबार दिउँसो अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी मोटरसाइकल चालक तिलाठी कोईलाडी गाउँपालिका ७ मन्सापुर निवासी ५० वर्षीय हरेराम मण्डल गम्भीर घाइते भएका थिए । घाइते मण्डललाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज लगिएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भएको हो ।
दुर्घटनाको कारण बारे प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ ।




