वीरगंज । पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका ६ एकडर्वा बस्ने ६० वर्षीय बिरेन्द्र यादवलाई कटुवा पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ । मंगलबार राति प्रहरी चौकी महुवनबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
यादवको साथबाट एक थान कटुवा पेस्तोल र तीन थान गोली बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । साथै, उनले प्रयोग गरेको ना २३ प ४८७७ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।
हाल घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।




