रौतहट । रौतहटको मौलापुर नगरपालिका ३ गम्हरिया स्थित सडकमा बिहीबार बेलुकी भएको सडक दुर्घटनामा एक महिलाको ज्यान गएको छ ।
प्रदेश २–०३–००१ त ३५२४ नम्बरको ट्याक्टरले ना ६० प ३४३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ४५ वर्षीया सीता देवी साहको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी साहलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल, गौर लगिएको थियो । तर, उपचारका क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि ट्याक्टर चालक फरार भएको र हाल प्रहरीद्वारा खोजी कार्य भइरहेको छ । साथै, घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।




