सिराहा । धनगढीमाई नगरपालिका १० स्थित सडकमा एक मोटरसाइकल दुर्घटना हुँदा २४ वर्षीय नकुल सिंहको मृत्यु भएको छ । मंगलबार राति ना २० प ५९७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका नकुल सिंहलाई छिनमस्ता अस्पताल, सप्तरीमा लगिएको थियो । तर, उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । नकुल सिंह धनुषा जिल्लाको बटेश्वर गाउँपालिका २ का निवासी थिए ।
प्रहरीले दुर्घटनाका कारणको अनुसन्धान सुरु गरेको छ र थप विवरण सार्वजनिक गर्न बाँकी रहेको जनाएको छ ।




