धनुषा । धनुषा जिल्लाको सबैला नगरपालिका ११ ईनर्वामा बुधबार दिउँसो पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । स्थानीय देबेन्द्र यादवकी ९ वर्षीया छोरी अनु कुमारी यादवको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
बालिका पोखरीमा नुहाउने क्रममा गहिराइमा पुगेपछि डुबेर घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रहरीका अनुसार घटना बारे थप अनुसन्धान भइरहेको छ ।




