पर्सा । पर्साको जिराभवानी गाउँपालिका ६ स्थित नौका चोकबाट बिहीबार साँझ प्रहरीले नियन्त्रित लागूऔषध नाइट्राजेपाम ८८६ ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिराभवानी गाउँपालिका ५ निवासी २५ वर्षीय दिलिप प्रसाद राम र २२ वर्षीय राज बिद्या प्रसाद खाँ थारू रहेका छन् ।
इलाका प्रहरी कार्यालय सेढवा र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले ना १२ प २१०६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार उनीहरू साथबाट ठूलो परिमाणमा नाइट्राजेपाम ट्याब्लेट फेला परेपछि लागूऔषध सम्बन्धी मुद्दा अन्तर्गत अनुसन्धान अघि बढाइएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले थप विवरण सार्वजनिक गर्दै अनुसन्धान जारी रहेको जनाएको छ ।




