सिराहा । सिराहा जिल्लाको सुखीपुर नगरपालिका २ जगतपुर टोलमा एक बालकको पोखरीमा डुबेर ज्यान गएको छ । स्थानीय दिनेश यादवका ४ वर्षीय छोरा धिरोज यादवको शनिबार दिउँसो पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।
डुबेर अशक्त भएका धिरोजलाई तत्कालै उपचारका लागि लहानस्थित मनकामना अस्पताल लगिएको थियो । तर, उपचारको क्रममा उनको मृत्यु भएको सिराहा प्रहरीले जनाएको छ । बालकको मृत्यु बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।




