पर्सा । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका २ स्थित पाण्डेपुर सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।
सोमबार बिहान ग ५ प ८३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार जिराभवानी गाउँपालिका २ निवासी ३० वर्षीय बिहारी रामको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका रामलाई उपचारका लागि एल एस न्यूरो अस्पताल, बारातर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक समेत घाइते भएका छन् र उनको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण बारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।




