सर्लाही । सर्लाही जिल्लाको बागमती नगरपालिका ११ मा आइतबार राति भीषण आगलागी भएको छ । स्थानीय ईश्वरी प्रसाद दहालको घरमा अचानक लागेको आगोले घर पूर्णरूपमा जलेर नष्ट भएको हो ।
आगलागीका कारण करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । आगो नियन्त्रणमा ल्याउन स्थानीयवासी र प्रहरीको सहकार्यमा प्रयास गरिएको थियो । आगलागीको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




