बारा । बारा जिल्लाको पचरौता नगरपालिका ५ बेल्दारीमा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ६० वर्षीय प्रभु राय यादवको सोमबार दिउँसो मृत्यु भएको हो । आफ्नै खेतमा पानी तान्ने विद्युतीय मोटरको तार जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका यादवलाई तत्काल नगर अस्पताल बेल्दारी पुर्याइएको थियो, तर उपचारको क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ । प्रहरीले घटना सम्बन्धी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।




