धनुषा । विदेह नगरपालिका १ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने करिब १२ ग्राम पदार्थसहित दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा जनकपुरधाम उपमहानगरपालिका ८ निवासी २४ वर्षीय ओमराज शर्मा र महोत्तरीको लोहरपट्टी नगरपालिका ७ का २३ वर्षीय रूपेश कुमार ठाकुर रहेका छन् ।
मंगलबार दिउँसो भारतबाट नेपालतर्फ आउँदै गरेको ज १३ प १३३७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरी चौकी ठाडिझिझाबाट खटिएको टोलीले चेकजाँचका क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूबाट बरामद गरिएको पदार्थ ब्राउनसुगर जस्तो देखिने प्रकारको लागुऔषध हो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ ।




