धनुषा । जनकपुरधाम उपमहानगरपालिका २३ स्थित जिरोमाईल बसपार्कको मुख्य गेट अगाडि एक पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
मृत भेटिने व्यक्ति अन्दाजी ४५ वर्षका छन् भने उनको नाम, थर र स्थायी ठेगाना खुल्न सकेको छैन । जनकपुरस्थित प्रहरी कार्यालयका अनुसार मृतकको सनाखत प्रयास भइरहेको छ र घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान अगाडि बढाइएको छ ।
घटनास्थलमा पुगेको प्रहरी टोलीले प्रारम्भिक विवरण संकलन गरेको र शवलाई पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल पठाइएको जनाइएको छ ।




