महोत्तरी । महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ५ पोखरभिण्डामा शनिबार दिउँसो पोखरीमा डुबेर एक किशोरको मृत्यु भएको छ । स्थानीय १७ वर्षीय रञ्जित नायक पोखरीमा नुहाउने क्रममा डुबेर अशक्त भएका थिए ।
उनलाई तत्काल उपचारका लागि जानकी एकेडेमी अस्पताल, पर्सा महोत्तरी लगिएको भएपनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । हाल घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।




