सिराहा । सिराहा जिल्लाको बरियारपट्टी गाउँपालिका ४ शोहपुरस्थित सडकमा शुक्रबार दिउँसो भएको ट्याक्टर दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
शोहपुरबाट हरिपुरतर्फ जाँदै गरेको स १ त ६३७६ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा सोही ठाउँ बस्ने २२ वर्षीय सुरज रायको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
रायको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनाको कारण बारे थप अनुसन्धान भइरहेको छ ।




