धनुषा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अधिकारी भएको नक्कली परिचय दिँदै सर्वसाधारणसँग ठगी गर्ने एक युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति बट्टेश्वर गाउँपालिका ५ कालिपुरका ३३ वर्षीय रामभजन मण्डल हुन् ।
उनले शहिदनगर नगरपालिका क्षेत्रका विभिन्न स्थानहरूमा आफू अख्तियार तथा सीआईबीको अधिकृत भएको भन्दै सर्वसाधारणलाई मानसिक दबाब दिने, धाकधम्की देखाउने र व्यक्तिगत लाभ लिन खोज्ने गरेको प्रहरीले जनाएको छ ।
धनुषाको इलाका प्रहरी कार्यालय यदुकुहाबाट प्रहरी निरीक्षक ओमप्रकाश यादवको नेतृत्वमा गएको टोलीले गत वैशाख ११ गते दिउँसो करिब १ बजे शहिदनगर नगरपालिका ३ बाट मण्डललाई पक्राउ गरेको हो ।
धनुषा प्रहरीले जारी गरेको विज्ञप्तिअनुसार मण्डललाई सात दिनको म्याद थप गरी हिरासतमा राखिएको छ र घटना बारे थप अनुसन्धान भइरहेको छ ।




