धनुषा । धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका ७ कुमरौरास्थित सडकमा सोमबार बिहान कारको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।
ढल्केबरबाट जनकपुरतर्फ जाँदै गरेको बा १३ च २५१८ नम्बरको कारले साइकलयात्री ७३ वर्षीय बृजकिशोर चौधरीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि जनकपुरस्थित जानकी हेल्थ केयरमा लगिएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी प्रवक्ता डीएसपी रमेशकुमार बस्नेतले जानकारी दिए ।
दुर्घटनामा संलग्न कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।




