पर्सा । पर्सा जिल्लाको पर्सागढी नगरपालिका ५ बहुअर्वास्थित हिरा ईट्टाभट्टाको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । सोमबार दिउँसो जमेको पानीमा डुबेर सोही स्थानका ५ वर्षीया नेहा खातुन र ४ वर्षीया आसिया खातुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
मृतक नेहा खातुन रूस्तम मियाकी छोरी हुन् भने आसिया खातुन मुकतार मियाकी छोरी हुन् । डुबेर गम्भीर अशक्त भएका दुवै बालिकालाई तत्कालै नारायणी अस्पताल पर्सा लगिएको थियो, तर उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ ।




