सिराहा । सिराहा जिल्लाको लहान नगरपालिका ३ बस्ने २६ वर्षीय सुरज महतो लागूऔषधसहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेका छन् ।
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले सुरज महतोको घरमा तलासी गर्ने क्रममा विभिन्न प्रकारका नियन्त्रित औषधिहरू बरामद गरेको हो ।
बरामद औषधिमा डाईजेपाम १५ एम्पुल, बुप्रेनोर्फिन १५ एम्पुल, प्रोमेथाजाइन १५ एम्पुल, स्यामपेक्स ८ क्याप्सुल र नाइट्राजेपाम २० ट्याब्लेट रहेका छन् ।
प्रहरीले सुरजलाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी मुद्दा अघि बढाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।




