बारा । बारा जिल्लाको कलैया उपमहानगरपालिका १६ उत्तर झिट्कैयामा एक युवक आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । स्थानीय २७ वर्षीय सुवास कुमार यादव मंगलबार बिहान घरभित्रै मृत फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय कलैयाबाट खटिएको टोलीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ । सुवासको मृत्युको कारण खुल्न बाँकी रहेको र आवश्यक पोस्टमार्टम तथा अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
घटनापछि स्थानीयवासी शोकमा छन् भने सुरक्षाको दृष्टिले प्रहरीले थप अनुसन्धान जारी राखेको छ । यस विषयमा थप जानकारी आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।




