बारा । बाराको फेटा गाउँपालिका ७ कुकुर भुक्का टोलस्थित एक माछा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ । शनिबार दिउँसो सोही ठाउँका २७ वर्षीय मोतिम मिया मंसुरीको पोखरीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
मृतक मंसुरी पोखरीमा नुहाउने क्रममा डुबेको प्रारम्भिक अनुमान गरिएको छ । घटनाको जानकारी पाएसँगै प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




