सिरहा । सिरहामा जबरजस्ती करणी आरोपमा फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा बरियारपट्टी गाउँपालिका १ का १९ वर्षीय विवेक साह रहेका छन् ।
प्रहरी चौकी कचनारी र प्रहरी चौकी हरकट्टीबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा साहलाई औरही गाउँपालिका १ स्थित नेपाल–भारत सीमा क्षेत्रको दरैया टोलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सो स्थानमा लुकिछिपी बस्दै आएको सूचनाका आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउपछि साहलाई सम्मानित सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।




