रौतहट । रौतहट प्रहरीले भारतबाट भन्सार छली ल्याइएको कपडासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति ईशनाथ नगरपालिका १ निवासी ३७ वर्षीय राकेश पासवान रहेका छन् ।
प्रहरीका अनुसार, वैशाख २१ गते राति ११ बजे खटिएको गस्ती टोलीले गौर नगरपालिका ४ स्थित लालबकैया नदी किनारबाट करिब दुई लाख ३३ हजार एक सय रुपैयाँ बराबरको लत्ता कपडासहित पासवानलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका व्यक्तिको साथबाट नम्बर प्लेट नभएका दुई वटा मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, बरामद सामान र मोटरसाइकलसहित राकेश पासवानलाई गौर भन्सार कार्यालयमा बुझाइएको छ ।
प्रहरी अनुसन्धानका क्रममा उनीमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जनाइएको छ ।




