बारा । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका २० बसतपुरमा सोमबार दिउँसो भएको आगलागीबाट ठूलो धनमाल नष्ट भएको छ । स्थानिय भिखारी महरा चमारको गोठमा अचानक आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ ।
आगलागीबाट करिब ४ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीका अनुसार आगलागीको कारण खुल्न नसकेको र घटना बारे आवश्यक अनुसन्धान भइरहेको छ ।
स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।




