रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले छन्सार छलीको कपडा र दुई थान मोटरसाइकलसहित एक जना तस्करलाई पक्राउ गरेको छ । तस्करीको सामानसहित पक्राउ पर्नेमा ईशनाथ नगरपालिका १ का ३७ वर्षीया राकेश पैसवान रहेको जिल्ला प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले जानकारी दिए ।
जिल्ला प्रहरीबाट विशेष सूचनाको आधारमा गएको गस्ती टोलीले गौर नगरपालिका ४ लालबकैया नदीको छेउबाट राकेश पैसवानलाई नियन्त्रणमा लिएको थियो । त्यहाँबाट दुई लाख २३ हजारको अबैध कपडा र नम्बर नभएका दुई थान मोटरसाइकल बरामद गरिएको छ ।
बरामद सामाग्रीको कुल मूल्य तीन लाख २३ हजार रहेको छ । पक्राउ परेका पैसवानलाई आवश्यक कारवाहीको लागि सोमबार साँझ जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जानकारी डिएसपी दीपक कुमार रायले दिए ।




