सिराहा । सिराहा जिल्लाको कल्याणपुर नगरपालिका ३ स्थित सडक छेउमा एक पुरुषको शव फेला परेको छ । मृतकको सोही नगरपालिका २ चतरीटोल निवासी ४५ वर्षीय राम उदगार मुखिया रहेका छन् ।
बुधबार बिहान स्थानीयहरूले सडक छेउमा एक पुरुष अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय लाहानको टोली घटनास्थल पुगेर शवको पहिचान गर्दै आवश्यक अनुसन्धान अघि बढाएको छ ।
प्रहरीका अनुसार घटनाको विस्तृत कारण खुल्न बाँकी छ र थप अनुसन्धान जारी रहेको छ ।




