रौतहट । रौतहटको ईशनाथ नगरपालिका ८ मन्सरी टोलस्थित शेख सनाउल हकको घरमा बिहीबार बिहान अचानक आगलागी हुँदा घरसहित घरभित्र रहेका सामग्रीहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।
प्राप्त विवरण अनुसार आगलागीबाट घरभित्र राखिएको अन्नपात, लत्ता कपडा, भाँडाकुँडा र अन्य घरेलु सामग्रीहरू पूर्ण रूपमा क्षति पुगेका छन् । आगलागीको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिन सफल भएको र आगलागीको कारण तथा क्षतिको पूर्ण विवरण संकलन गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




