पर्सा । पर्साको वीरगंज महानगरपालिका १६ स्थित शंकराचार्य गेटबाट अवैध लागूऔषध गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति बारा, जीतपुरसिमरा उपमहानगरपालिका १४ निवासी २५ वर्षीय अफरोज आलम रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
बिहीबार साँझ खटिएको प्रहरी टोलीले करिब १ किलोग्राम गाँजासहित आलमलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार उनलाई लागूऔषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको छ ।




