सप्तरी । सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कोशी ब्यारेज पुल छेउको नदी किनारमा एक अन्दाजी ४२ वर्षीय पुरुषको शव शुक्रबार मृत अवस्थामा फेला परेको छ ।
शव फेला परेको व्यक्तिको नाम, थर र वतन खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीले घटना बारे आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।




