बारा । बाराको कोल्हवी नगरपालिका ८ नयाँबस्तीस्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ । ना १९ प ७१०१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही नगरपालिका ८ ठोरियाही निवासी ३७ वर्षीय अमित चौधरी गम्भीर घाइते भएका थिए ।
उनलाई तत्काल उपचारका लागि वीरगञ्जस्थित एस्पर्स हस्पिटल लगिएको भए पनि उपचारकै क्रममा शुक्रबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक र सवार व्यक्ति समेत घाइते भएका छन् । उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनापछि प्रहरीले दुर्घटनाको कारण बारे अनुसन्धान थालेको छ ।




