रौतहट । रौतहटको बौधीमाई नगरपालिका ५ स्थित नासी पुलमुनी एक वृद्ध पुरुष मृत अवस्थामा फेला परेका छन् । सोमबार बिहान परोहा नगरपालिका ६ बसन्तपट्टी निवासी ७० वर्षीय महादेव महतो पुलमुनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले पुष्टि गरेको छ ।
स्थानीयवासीले पुल नजिक शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाउनेबित्तिकै ईलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको टोली घटनास्थलमा पुगेर शवको प्रारम्भिक मुचुल्का तयार गरेको थियो ।
प्रहरीका अनुसार महादेव महतोको मृत्युको कारण अहिलेसम्म खुल्न सकेको छैन । शवलाई पोस्टमार्टमका लागि गौर अस्पताल पठाइएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




