सर्लाही । सर्लाही जिल्लाको बागमती नगरपालिका १२ स्थित भरत तालमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सोमबार बिहान तालको छेउमा बागमती नगरपालिका ७ राजघाट निवासी ६७ वर्षीय पाले सार्कीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
स्थानीयवासीले ताल नजिक शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएपछि घटनास्थलमा पुगेको ईलाका प्रहरी कार्यालय बागमतीको टोलीले शवको प्रारम्भिक अनुसन्धान तथा मुचुल्का तयार गरेको छ ।
प्रहरीका अनुसार मृतक पाले सार्कीको मृत्युको कारण यकिन भइसकेको छैन । शवलाई पोस्टमार्टमका लागि मलंगवा अस्पताल पठाइएको छ भने घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




