महोत्तरी । मनराशिसवा नगरपालिका ९ बथनाहा बस्ने ७० वर्षीय छटु महतोको घरमा विद्युत सर्ट भई मंगलबार दिउँसो आगलागी भएको छ ।
कच्ची घरमा भएको उक्त आगलागीबाट करिब १ लाख १५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । विद्युत सर्टबाट भएको आगलागीको घटनाले सतर्कता अपनाउनु पर्ने आवश्यकता औँल्याएको छ ।




