धनुषा । जनकपुरधाम उपमहानगरपालिका १३ कबडहलस्थित एक पसलमा विद्युत सर्ट भएर आगलागी हुँदा ठूलो धनमाल जलेर नष्ट भएको छ । स्थानीय बिक्की कुमार मण्डलको बिकी इन्टरप्राइजेज नामक पसलमा बुधबार बिहान आगलागी भएको हो ।
विद्युत सर्टको कारण भएको आगलागीबाट करिब ५ लाख ५० हजार रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ ।
प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जनाइएको छ । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।




