सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ६ डंग्राहामा गएराति भएको आगलागीमा करिब २ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय ७५ वर्षीय बिसनदेव मण्डलको गोठघरमा राति अचानक आगलागी हुँदा घरमा रहेको पराल, अन्नपात, लत्ताकपडा तथा अन्य सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगलागी नियन्त्रण गर्ने प्रयासका क्रममा घाइते भएका एक जनाको विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । आगलागीको कारण खुल्न नसकेको र घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




