सिराहा । सिराहाको धनगढीमाई नगरपालिका ९ मिलन चोकस्थित सडकमा गएराति मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । प्र ३-०२-००६ प ४११७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा धनगढीमाई नगरपालिका १२ गुठीका २७ वर्षीय नागेश्वर यादव गम्भीर घाइते भएका थिए ।
उनलाई तत्कालै लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका लागि लगिएको थियो, तर उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । दुर्घटनाको कारण र विस्तृत विवरण बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




