पर्सा । पर्साको धोबिनी गाउँपालिका ५ स्थित एक गोठघरमा आगलागी हुँदा करिब ३ लाख २५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय बासिन्दा सफि महमद मियाको गोठमा बुधबार दिउँसो अचानक आगलागी भएको हो ।
आगो लाग्नुको कारण खुल्न नसके पनि आगलागीबाट घरभित्र रहेका अन्नपात, लत्ताकपडा र अन्य सामग्री पूर्ण रूपमा नष्ट भएको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख छ ।
प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।




