सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका १५ देउरालीस्थित पाथिभारा डाँडाको खोल्सामा बिहीबार एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृतकको नाम, थर र वतन खुल्न सकेको छैन । अन्दाजी ६० वर्षीया महिलाको शव खोल्साको छेउमा भेटिएको हो ।
शव फेला परेपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो र आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । मृतकको पहिचान खुलाउन र मृत्युको कारण पत्ता लगाउन पोष्टमार्टमका लागि शव अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।




