सिराहा । सिराहाको धनगढीमाई नगरपालिका ११ छपरारी चोकस्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
बिहीबार राति स ९ प ८६४० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा धनगढीमाई नगरपालिका ३ बेनौली निवासी ६५ वर्षीय गेमिलाल यादवको ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल लहान लगिएको थियो । तर, उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटना सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।




