महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका २ सिनेमा हल नजिकै शुक्रबार दिउँसो बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । एमपि १३ पि ७७३३ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री सोही नगरपालिका १० साडी बस्ने ५० वर्षीया संजु ठाकुर गम्भीर घाइते भएकी थिइन् ।
उनको थप उपचारको लागि न्यूरो अस्पताल जनकपुर लगिएको थियो जहाँ उनको निधन भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटनाको थप अनुसन्धान भइरहेको छ ।




