धनुषा । जनकपुरधाम उपमहानगरपालिका १ मुसहरी टोलस्थित रघुपति पार्टी प्यालेसको स्वीमिङ पुलमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका राम कुमार पासवानका ४ वर्षीय छोरा रंजीत कुमार पासवान रहेका छन् ।
शुक्रबार साँझ स्वीमिङ पुलमा डुबेर अशक्त भएका बालकलाई तत्काल प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो, जहाँ उपचारको क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।




