बारा । बारा जिल्लाको निजगढ नगरपालिका ४ मौरी खोलाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५६५ ट्याब्लेटसहित पाँच जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकाहरूमा निजगढ नगरपालिका १० चौकीटोलका २८ वर्षीय प्रेम वाईबा, २२ वर्षीय धन बहादुर थिङ, ३० वर्षीय ज्ञान बहादुर घलान, निजगढ नगरपालिका १० बिच टोलका २४ वर्षीय अमृत दुलाल र मकवानपुरको बकैया गाउँपालिका ६ भालु खोलाका २५ वर्षीय विजय योञ्जन रहेका छन् ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय, निजगढबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो मौरी खोलाबाट शंका लागेर चेकजाँच गर्दा ठूलो मात्रामा ट्रामाडोलसहित पक्राउ गरेको हो ।
प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ । नियन्त्रित लागूऔषधको कारोबार तथा ओसार पसारमा संलग्न रहेको आशंकामा उनीहरूलाई आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको छ ।




