सिराहा । सिराहा जिल्लाको बरियारपट्टी गाउँपालिका ५ जानकीनगर चोकमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्को व्यक्ति घाइते भएका छन् ।
आइतबार राति भएको उक्त दुर्घटनामा ना ६ ख २२५६ नम्बरको ट्रकमा म प्र ०२–००७ प ७३४२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार करिब ४० वर्षीय एक पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
हाल मृतकको नाम, थर र वतन खुल्न सकेको छैन । दुर्घटनामा घाइते भएका मोटरसाइकलका अर्का सवार व्यक्तिको प्रादेशिक अस्पताल सिराहामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि ट्रक र चालक फरार छन् भने उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको पनि जनाइएको छ ।




