धनुषा । धनुषा जिल्लाको मिथिला नगरपालिका ६ ढल्केबर बस्ने ‘खिचडी बाबा’ नामले परिचित ६८ वर्षीय रामकुमार महतो अवैध लागूऔषधसहित पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको टोलीले सोमबार दिउँसो महतोको घरमा तलासी गर्दा करिब २७ किलोग्राम गाँजा, ३ सय ग्राम चरेश, २८ हजार ५ सय नेपाली रुपैयाँ, ११ हजार १ सय भारतीय रुपैयाँ र लागूऔषध तौल्न प्रयोग गरिने दुई थान तराजु फेला परेको हो ।
प्रहरीका अनुसार उनीमाथि लागूऔषध कारोबारमा संलग्न भएको आशङ्कामा थप अनुसन्धान भइरहेको छ ।




