सिराहा । सिराहा जिल्लाको गोलबजार नगरपालिका ५ हरिपुर टोलका ३६ वर्षीय शम्भु प्रसाद सुमनलाई प्रहरीले लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित पक्राउ गरेको छ ।
मंगलबार राति इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले सुमनलाई उनकै घर अगाडि हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा १ सय मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित फेला पारी नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ परेका सुमनमाथि लागूऔषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान अघि बढाइएको छ । बरामद गरिएको पदार्थ परीक्षणका लागि प्रयोगशालामा पठाइएको प्रहरीले जनाएको छ ।




