सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका २ स्थित वडा कार्यालय नजिकै एक महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन् । प्रहरीका अनुसार मृत फेला परेकी महिला अन्दाजी ५५ वर्षकी देखिन्छिन् भने उनको नाम, थर र वतन हालसम्म नखुलेको बताइएको छ ।
स्थानीयले देखेपछि खबर गरेपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनाको प्रकृति र मृत्युको कारण पत्ता लगाउन प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ । शवलाई परीक्षणका लागि जिल्ला अस्पताल मलंगवामा पठाइएको प्रहरीले जनाएको छ ।




